समाज

निर्मला हत्या प्रकरण : बम दिदीबहिनी पक्राउ,एसपीका छोरा र मेयरका भतिज पनि पक्राउ पर्ने सम्भावना

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारमा दोषी जो सुकै भएपनि पत्ता लगाउने र कडाभन्दा कडा कारबाही गर्ने दिशातिर गम्भीरतापूर्वक अघि बढ्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी बैठकमा देशभर बलात्कार र हत्या हिंसाका घटना बढेर गएकोबारे छलफल भएको थियो । आजको बैठकले बलात्कारमा सलंग्न दोषीलाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकको बारेमा जानकारी दिँदै नेकपाका नेता नारायणकाजी श्रेष्ठले भने,‘बलात्कारमा दोषी जो सुकै भए पनि पत्ता लगाउने र कडाभन्दा कडा कारबाही गर्ने दिशातिर गम्भीरतापूर्वक अघि बढ्ने बैठकको निष्कर्ष हो।’

बलात्कार, हत्याहिंसाजस्ता विकृति बढ्न नदिन तथा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सघाउन सबै पक्षलाई अपिल गर्न पनि आजको बैठकमार्फत आग्रह गरिएको उनको भनाई छ ।

साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा साउन ११ गते उखुबारीमा फेला परेको थियो। कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा (कर्फ्यू) जारी छ।

Post Comment