समाज

बोक्सीको आरोपमा सासुको हत्या

दाङको तुलसीपुरमा बुहारीले सासुको हत्या गरेकी छन् । बुहारीले बोक्सीको आरोपमा सासुको हत्यो गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर उपमहागनरपालिका–९, र्की ६९ वर्षीय खोपी रावतलाई बुहारी टंकी रावतले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको जंगलमा हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भने पछि आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रनाउ सापकोटाले जानकारी दिए ।

झारफुक गर्न जाने भन्दै घरबाट निस्केपनि घर नफर्किएपछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले १२ भदौमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् ।

Post Comment