खेल

सन्दीपले भने : ‘कोहली विरुद्ध बलिङ गर्दा निकै ईन्ज्वाई गरेँ’ (भिडियो )

इण्डियन प्रिमियर लिग (आईपिएल)को डेब्यू खेलमा विश्वकै चर्चित ब्याटसम्यानविरुद्ध बलिङ गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिलो खेलमा रमाइलो गरेको बताएका छन् । भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गरेका सन्दीपले यस्तो प्रतिक्रिया दिएका हुन् । डेब्यु खेलपछि माइकल क्लार्कसँगको अन्तवार्तामा उनले बलिङ गर्दा आफूले इन्ज्वाई गरेको बताएका हुन् ।

‘विश्वका २ उत्कृष्ट ब्याट्सम्यान विरुद्ध बलिङ गर्न पाउनु निकै ठूलो अवसर हो। मैले उनीहरुबाट धेरैकुरा सिक्ने मौका पनि पाए। जस्तो कि, उनीहरुले मविरुद्ध देखाएको धैर्यता। यो गज्जब थियो। उनीहरु विरुद्ध बलिङ गर्दा निकै ईन्ज्वाई गरेँ’, सन्दीपले भने ।

११ खेलको प्रतिक्षापछि सन्दीपले शनिबारको खेलमा दिल्ली डेयरडेभिल्सबाट डेब्यू गरेका हुन् । लामो प्रतीक्षापछि आईपिएलमा डेब्यू भएकोमा समेत सन्दीपले खुशी व्यक्त गरेका छन्। ‘मैले संसारभरबाट म्यासेज पाएको छु। मलाई उहाँहरूले मैदानमा हेर्न चाहनुभएको थियो । अन्तत त्यो आज पूरा भएको छ ।’

बैंग्लोर विरुद्ध हिजोको खेलमा दिल्लीले प्रयोग गरेका ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती देखिए । चार ओभर बलिङ गरेका सन्दीपले एक विकेट लिँदै २५ रनमात्र जोड्न दिए । सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा अनुबन्ध गरेको हो ।

डब्यू खेलमा सन्दीपको प्रभाव

पहिलो ओभर

सन्दीपले प्रहार गरेको पहिलो बलको पहिलो बल पार्थिव पटेलले खेले । पहिलो बलमा एक रन लिए। दोस्रो बलमा मोइन अलिले कुनै रन लिन सकेनन। तेस्रो बलमा अलिले समेत एक रनमात्र लिए । चौथो बलमा पटेलले कुनै रन लिन सकेनन्। पाँचौ बलमा बार्इमार्फत ४ रन गयो र अन्तिम बलमा पनि पटेलले कुनै रन लिन सकेनन्।

दोस्रो ओभर : एक विकेट सन्दीपले लिए 
सन्दीपले डेब्यू खेलमै प्रभाव छोड्न सके । उनले आईपिएल खेलेको दोस्रो ओभरमै विकेट लिए । दोस्रो ओभरमा ट्रेन्ट बोल्टले मोइन अलिलार्इ पवेलिएन फर्काइसकेका थिए। उनको ठाउँमा क्रिजमा आएका थिए, विराट कोहली। व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बल नै विराट कोहलीलार्इ फाले । भारतीय मात्र नभएर विश्व किक्रेटका नामुद मानिएका कोहोलीविरुद्ध बलिङ गर्नु सन्दीपका लागि एतिहासिक थियो ।सन्दीपको पहिलो बलमा विराटले कुनै रन लिन सकेनन्। दोस्रो बलमा १ रन जोडे । तेस्रो बलमा क्रिजमा आएका पटेलले सन्दीपको बलमा र्इ चौका प्रहार गरे। चौका प्रहार गरे लगत्तै चौथो बलमा सन्दीपले बदला नै लिए र पटेललार्इ एलबिडब्लूको धरापमा पारेर। आइपीएलमा सन्दीपको यो एेतिहासिक उपलब्धि देखियो । दोस्रो ओभरको पाँचौ बल भने सन्दीपले एबी डिभिलियर्सविरुद्ध फाले । डिभिलियर्सले कुनै रन जोड्न सकेनन् । पहिलो दुई ओभरमा सन्दीपले सात रन दिएर एक विकेट लिए । यो उनको डेब्यू खेलको ठूलो सफलता थियो ।

तेस्रो ओभर 
अघिल्ला दुई ओभर भन्दा तेस्रो ओभरमा अली बढी नै रन गयो । बीचमा हर्षल पटेलले महंगो बलिङ गरेपछि सातौ ओभरमा व्यक्तिगत तेस्रो ओभर खेल्न सन्दीप पुगेका थिए । पहिलो बलमा कोहलीले उनलार्इ चौका प्रहार गरे। तर, उत्कृष्ट पुनरागमन गर्दै उनले बाँकी ५ बलमा ३ रनमात्रै जोड्न दिए । दोस्रो बलमा विराटले रन लिन सकेनन। तेस्रो बलमा १ रन लिए। चौथो, पाँचौ र छैटौ बलमा सन्दीपले कोहली र डिभिलियर्सलाई एकएक रन मात्र जोड्न दिए ।

चौथो ओभर

टिम दिल्लीले १२ ओभर खेल्दा सन्दीपले व्यक्तिगत चौथो ओभर खेल्दै थिए । सन्दीपले प्रहार गरेको पहिलो चार बलमा डिभिलियर्स र कोहलीले १–१ रनमात्रै जोड्न सके । पाँचौ बलमा डिभिलियर्सले सन्दीपलार्इ छक्का प्रहार गरे। यहाँ भने सन्दीप चुके । पाँचौ बलमा भने उनले डिभिलियर्सलाई कुनै रन जोड्न दिएनन् । यसरी सन्दीपले आईपिएलको डेब्यू खेलमा चार ओभर खेल्दा एक विकेट लिँदै २५ रन मात्रै खर्चिएका हुन् ।

सन्दीपले डेब्यू गरेको खेलमा दिल्ली भने पराजित भएको छ । दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दै दिएको १८२ रनको लक्ष्य पछ्याएको बैंगलोरले ६ बल बाँकी हुँदै जित दर्ता गरेको थियो ।

Post Comment