सुचना-प्रबिधी

उकालो लाग्यो शेयर बजार

काठमाडौँ – लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०।७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०।२२ बिन्दुले बढेको छ ।

आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैंक समूह ०।८५, वित्त क्षेत्र ४।५१ र अन्य समूह ८।६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०।३, व्यापार ३।३८, होटल ६।२१, बीमा ८।९९ र उत्पादन समूहका शेयर ११।६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ ।

Post Comment