सुचना-प्रबिधी

मोबाइल ह्याङ हुने कारणहरु : यसरी सजिलै ह्याङरहित मोबाइल चलाउनुहोस

मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् ।
प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम गर्न सक्नुहुन्छ ।

१. धेरै एप्सहरु खुलै रहनु
हामीले स्मार्टफोनमा कुनै एप्स खोलेर ब्याक गर्छौ भने त्यो बेलामा एप्स बन्द भएको होइन मिनिमाइज भएको हुन्छ । यस्तो अवस्थामा त्यो एप्स मोवाइलको ब्याकग्राउण्डमा भने चलिरहेको हुन्छ । यसरी ब्याकग्राउण्डमा एप्स चलिरहँदा यसले मोवाइलको र्याम लिइरहेको हुन्छ । तपाई इन्टरनेटसंग जोडिनु भयो भने ति एप्सहरुले आफूलाई चाहिने अपडेटहरु पहिला लिन्छन् । त्यसैले कुनै पनि एप्स चलाएपछि मोवाइलको नेभिगेसन किवाट उक्त एप्सलाई बन्द गर्ने बानी बसाल्नु पर्छ ।

२. क्यासेस बढी हुनु
स्मार्टफोनवाट इन्टरनेट धेरै चलाउने प्रयोगकर्ताहरूको स्लो हुने समस्या देखिन्छ । इन्टरनेटका कुनै पनि पेज हेरेपछि फेरी हेर्न सजिलो होस् भनेर ति पेजका क्यास र टेम्पोररी फाइलहरू सेट भित्रै बस्छन् । यसरी लगातार चलाईरहदा त्यसले बढी मेमोरी खान्छ र मोवाइललाई स्लो बनाउँछ । क्यासेस वा टेम्पोररी फाइल हटाउने एप्सहरु पनि पाइन्छन । आफै सेटिङमा गएर वा व्राउजरमै गएर पनि हटाउन सकिन्छ ।

३. थर्ड पार्टीको सफ्टवेयर प्रयोग
एन्डोइड वा आइओसले आधिकारिक ठानेका एप्सहरु मात्र इन्टल गर्नु राम्रो हो । कतिपयले थर्ड पार्टी ल्याएको एप्सहरु राख्नाले त्यस्ता एप्सले अरु एप्सहरुलाई पनि असर गर्ने गर्छ । त्यसैले एण्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईफोनका प्रयोगकर्ताले एप स्टोरबाट एप्सहरु इन्स्टल गर्नु पर्दछ ।

४. स्टोरेज कम हुनु
स्मार्टफोनमा दुई किसिमको स्टोरेज प्रयोग भएको हुन्छ । एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै थप्ने एक्सर्टनल । यदी हामीले एक्सर्टनल स्टोरेज ९मेमोरी कार्ड० राख्दैनौ भने हामीले खिचेको फोटो, भिडियो, एप्सहरु सबै इन्टरनलमा राख्नुपर्ने हुन्छ । जसको कारण भरिएपछि मोबाइल ह्यांग हुनथाल्छ । त्यसैले सेटको क्षमता अनुसार एक्सर्टनल स्टोरेज राखेर फोटो, भिडियो, एप्स लगायत बढी साइज लिने फाइलहरूलाई त्यसमा राख्ने गर्नु पर्छ ।

५. आफै एप्स इन्स्टल हुनु
एप्स डाउनलोड गर्दा कहिले काँही नचाहिने एप्सहरु पनि सोही एप्सहरुसंग मिसिएर इन्स्टल हुन सक्छ । कहिलेकाँही वेवसाइट वा एप्समा आउने जुन पायो त्यही विज्ञापन थिच्दा पनि यस्तो हुन सक्छ । यसरी आएका एप्सहरु देखिदैनन् तर यसले मोवाइललाई स्लो बनाउन भुमिका केलिरहेका हुन्छन् ।

६.बेलाबेलामा फोनलाई रिस्टार्ट गरौं
हामीले हत्तपत्त मोबाइललाई स्विच अफ गर्दैनौ । लगातार स्विच अफ नभएर लामो समयसम्म काम गरिरहँदा पनि मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले कमसेकम हप्ताको एक पटक मोवाइल फोन अफ गरेर त्यसको ब्याट्रि र मेमोरी कार्डलाई झिकेर फेरी राखेर रिस्टार्ट गर्दा स्लो हुने समस्या केही घट्न सक्छ ।

Post Comment