भिडियो समाज स्वास्थ्य

पोखरा लेकसाइडमा चौथो अन्तरराष्ट्रिय योग दिवस मनाइयो (भिडियो)

पोखरा, असार । आज जून २१ अर्थात असार ७ गते बिश्वभर चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा आर्ट अफ लिभिङ पोखराले बिभिन्न कार्यक्रमहरु गरी योग दिवस मनाएको छ । आर्ट अफ लिभिङको आयोजनामा पोखरा लेकसाइडको बसुन्धरा पार्कमा सैयौको सख्यामा सबैले एक साथ ध्यान तथा योगासन गरीएको थियो । आर्ट अफ लिभिङ पोखराकी गुरु सौमाया गुरुङले मानसिक शान्ति र शारीरिक स्वास्थ्यका लागि योग अभुतपूर्व रहेको बताइन । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेको समर्थनलाई विश्वका १ सय ७० भन्दा बढी देशले समर्थन गरिसकेका छन्। योग र ध्यानलाई पर्यटनको रूपमा विकास गर्न सकिने भन्दै आर्ट अफ लिभिङ पोखराका सल्लाहकार तथा माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराइ बताए । त्यसैगरी पोखराको अंमरसिङ चोकमा ध्यान तथा योग सँग सम्बन्धित संघ सस्थाहरुले सयुक्त रुपमा बिबिध कार्यक्रम गरी चौथो योग दिवस मानाइयो । ध्यान,भक्ती संगीत, योगासन, सत्सँग तथा प्रबचनहरुको प्रस्तुत गरियो । ध्यान र योगले हाम्रो दैनिक जीवनमा पुर्याउने फाईदाहरुको बारेमा ध्यान तथा योग प्रशीक्षक हरुले बताए ।

Post Comment